धितोपत्र बजारमा ३.२१ अङ्कको वृद्धि, नेप्से २५६५.१६ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २१ अङ्कले बढेर २५६५ दशमलव १६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव १९ अङ्कले घटेर ४४४ दशमलव ३७ को विन्दुमा पुगेको छ ।

आज कूल ३२७ कम्पनीहरूका ७९ लाख ४७ हजार ०५८ कित्ता शेयर रु. ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार ११० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य विकास बैङ्क उपसमूह २५ दशमलव १९ अङ्कले, वित्त उपसमूह १३ दशमलव ३४ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २४.३३ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ३० अङ्कले, लघुवित्त उपसमूह २.४८ अङ्कले र अन्य उपसमूह १५.९४ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह शून्य दशमलव ९४ अङ्कले बढ्दा जलविद्युत उपसमूह २५.३७ अङ्कले, जीवन बिमा उपसमूह ७४.०२ अङ्कले, उत्पादन उपसमूह २४.३८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०४ अङ्कले, निर्जीवन बिमा ५३.६३ अङ्कले र ट्रेडिङ उपसमूह २६.६५ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x