अरूण काबेली पावर लिमिटेडले आज बाह्रौँ वार्षिक साधारण सभा गर्दै

अरूण काबेली पावर लिमिटेडले आज (कार्तिक ३० गते) बाह्रौँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा चौथो तल्ला, अल्फा बीटा कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
 
सभाले कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितको आर्थिक विवरणमाथि छलफल गरी पारित गर्नेछ साथै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
 
सभाले कम्पनीको आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पुँजीको ०.५२६३ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश र १० प्रतिशतका दरले वाेनश शेयर वितरण गर्ने तथा धित्ताेपत्र बाेर्डकाे स्वीकृत प्राप्त हुँदाका बखत कम्पनीको कायम चुक्ता पुँजीमा १ बराबर १ का दरले हकप्रद शेयर निष्कासनको लागी स्वीकृति प्रदान गर्नेछ।
 
त्यसै गरी प्रबन्ध पत्रमा प्रस्तावित संशोधनहरूमा नियमन निकायहरूको निर्देशनमा परिमार्जन, हेरफेर तथा थपघट गर्न आवश्यक हुने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्ने छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x