धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३९ दशमलव १५ अंकले घटेर १९१७ दशमलव २२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ६८ अंकले घटेर ३७६ दशमलव ५३ को विन्दुमा पुगेको छ ।
आज कूल २२३ कम्पनीहरूका ३६ लाख ९७ हजार ७२३ कित्ता शेयर रु १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३७ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू घटेका छन् । बैंकिङ उपसमूह १४ दशमलव ०४ अङ्कले घट्दा ट्रेडिङ उपसमूह १७ दशमलव ६८ अङ्कले, होटल तथा पर्यटन उपसमूह ५६.११ अङ्कले, विकास बैंक उपसमूह ११०.९७ अङ्कले, जलविद्युत उपसमूह ५३.०६ अङ्कले, वित्त उपसमूह ७७.६८ अङ्कले, निर्जीवन बीमा १४४.३६ अङ्कले, उत्पादन उपसमूह १३६.३ अङ्कले, अन्य उपसमूह ३४.५५ अङ्कले, लघुवित्त उपसमूह ११९.४६ अङ्कले, जीवन बीमा उपसमूह १९९.९५ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०४ अङ्कले र लगानी उपसमूह १ दशमलव ६४ अङ्कले घटेका छन् ।
 
धितोपत्र बजारमा ३९.१५ अङ्कको गिरावट, नेप्से १९१७.२२ को विन्दुमा
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    