धितोपत्र बजारमा ५.७१ अङ्कको वृद्धि, नेप्से २१७८.८१ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ७१ अङ्कले बढेर २१७८ दशमलव ८१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १५ अङ्कले बढेर ४१५ दशमलव ०५ को विन्दुमा पुगेको छ ।

 


आज कूल २४६ कम्पनीहरूका ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर रु. ३ अर्ब ०४ करोड ४५ लाख २९ हजार ३२९ मा खरिद बिक्री भए ।
 


कारोबार भएका कूल १३ उपसमूह मध्य विकास बैङ्क उपसमूह ५ दशमलव ५९ अङ्कले, वित्त उपसमूह ८ दशमलव ३१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३६.२१ अङ्कले,  जीवन बिमा उपसमूह ३२.७२ अङ्कले, उत्पादन उपसमूह २६.१७ अङ्कले, लघुवित्त उपसमूह ३५.९९ अङ्कले र अन्य उपसमूह १३.९६ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह ९ दशमलव २३ अङ्कले बढ्दा जलविद्युत उपसमूह २७.५२ अङ्कले, लगानी उपसमूह १.२४ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २२ अङ्कले, निर्जीवन बिमा १९.३१ अङ्कले र ट्रेडिङ उपसमूह ६०.३३ अङ्कले बढेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x