धितोपत्र बजारमा २.६१ अङ्ककाे गिरावट, नेप्से १८५८.३३ को विन्दुमा | NEPSE



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ६१ अंकले घटेर १८५८ दशमलव ३३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव २० अंकले बढेर ३६५ दशमलव ६२ को विन्दुमा पुगेको छ ।



आज कूल २१९ कम्पनीहरूका १६ लाख ३१ हजार ३४९ कित्ता शेयर रु ५१ करोड ५८ लाख १८ हजार ९८९ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्य बैंकिङ उपसमूह १ दशमलव ५२ अङ्कले, ट्रेडिङ उपसमूह १ दशमलव ६५ अङ्कले, होटल तथा पर्यटन उपसमूह १०.३७ अङ्कले, निर्जीवन बीमा १२.७७ अङ्कले, अन्य उपसमूह ४.६७ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०३ अङ्कले बढेकाे छ । विकास बैंक उपसमूह २७.४८ अङ्कले घट्दा जलविद्युत उपसमूह १४.१८ अङ्कले, वित्त उपसमूह १७.१३ अङ्कले, उत्पादन उपसमूह १८.०१ अङ्कले, लघुवित्त उपसमूह ६.०२ अङ्कले, जीवन बीमा उपसमूह २६.१३ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ३५ अङ्कले घटेका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x