यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर २०७७ दशमलव ५८ को विन्दुमा कायम भएको छ। आज कूल २६२ कम्पनीहरूका ६० लाख १५ हजार ०६७ कित्ता शेयर रु. १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ८ करोड ७४ लाख ०३ हजार ८८५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. ७ करोड ०९ लाख २१ हजार ७२७ बराबरको शेयर कारोबार भएको छ।

यता, सोल्टी हाेटल लिमिटेडको रु. ६ करोड २६ लाख ५० हजार ८३७ कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ५ करोड १८ लाख ६४ हजार ६३२ र ज्योति विकास बैङ्क लिमिटेडको रु. ५ करोड ०३ लाख ३६ हजार २४५ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x