एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा श्री केशवप्रसाद लम्साल नियुक्त

 

राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव सँगाल्नुभएका श्री केशवप्रसाद लम्साल एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रूपमा नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको मिति २०७९/०७/०२ मा बसेको ५७१ औँ बैठकले उहाँलाई उक्त पदमा नियुक्ति गरेको हो । नवनियुक्त सञ्चालक श्री केशवप्रसाद लम्सालज्यूले बैंकका सञ्चालक समितिका अध्यक्ष श्री तुलसीराम अग्रवालज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण समेत लिनुभएको छ । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको वहाँ राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरूको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश हुनुभएको थियो । बैंकको शेयरधनी समूहबाट सञ्चालकको रूपमा नियुक्त हुनुभएको अवसरमा श्री केशवप्रसाद लम्साललाई सफल कार्यकालको कामना गरेकाे बैंकले जनाएकाे छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x