आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले असाेज ३१ गते (आज) साताैँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा राष्ट्रिय वाणिज्य बैकं लि, केन्द्रीय कार्यलय, सिंहदरबारप्लाजा, काठमाण्डौँमा अपरान्ह ४:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७९/०८० काे वाह्य लेखापरिक्षणकाे लागि लेखापरिक्षक पनि नियुक्त गर्ने छ।
सभाले कम्पनीको आर्थिक वर्ष (आ.व.) २०७८/०७९ काे नाफाबाट कर सहित कम्पनीको चुक्ता पुँजीकाे नगद लाभांशको रुपमा ७ दशमलव ५० प्रतिशत नगद लाभांसकाे प्रस्ताव पारित गर्नेछ।