
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न बिहीबार १ खर्ब २० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरण मार्फत बजारबाट रकम खिच्ने तयारी गरेको हो।
राष्ट्र बैङ्कको अनुसार यसका लागि दिउँसो ३ बजे बोलकबोल आह्वान गरिनेछ। सहभागी बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोडको गुण कमा, आह्वान गरिएको कुल रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहु ब्याजदरमा पनि प्रस्ताव पेस गर्न पाइने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागिताको अनुमति दिइएको छ।
उक्त निक्षेप सङ्कलन उपकरणको अवधि ९७ दिन रहनेछ र यसको साँवा तथा ब्याज भुक्तानी साउन २० गते गरिने राष्ट्र बैङ्कले जनाएको छ।
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट १ खर्ब २० अर्ब तरलता तान्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
