महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकहरूको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मङ्सिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरूले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका दरबारमार्ग, पुतलीसडक, न्यूरोड (काठमाडौँ), भैरहवा र न्यूरोड (कास्की) शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको छ । हाल उपलब्ध लकर सङ्ख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरू मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङ लगायतका अन्य सुविधाहरू रहेका छन् ।

विगत देखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरूको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x