नेप्से बढ्नेक्रम जारी, लगानीकर्ता थप उत्साहित

ज्ञानमाण्डू । आज नेप्से १५.९८ अंकले बढेर १२०६.२६ पुगेको छ । गत साताको अन्तिम कारोवार दिनबाट नेप्से बढ्न शुरु गरेको थियो र आज पनि बढाइले निरन्तरता पाएको छ । नेप्सेको बढाईले लगानीकर्ता थप उत्साहित भएका छन् ।



आज होटल र अन्य उपसमूह वाहेक अरु सबै उपसमूहहरु बढेकाछन् । ननलाईफ इन्स्योरेन्स उपसमूह सबैभन्दा बढि ९६.६६ अंकले बढेको छ भने लाइफ इन्स्योरेन्स उपसमूह ७२.४८ अंकले, बैकिंग उपसमूह १५.६९ अंकले र बिकास बैंक उपसमूह १२.७२ अंकले बढेकाछन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x