धितोपत्र बजारमा १०१.२४ अङ्ककाे गिरावट, नेप्से २७००.३२ को विन्दुमा | NEPSE



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १०१.२४ अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०१ दशमलव २४ अंकले घटेर २७०० दशमलव ३२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १५ दशमलव ६२ अंकले घटेर ५११ दशमलव ६६ को विन्दुमा पुगेको छ ।
आज कूल २२७ कम्पनीहरूका १ कराेड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर रु ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू घटेका छन् । बैंकिङ उपसमूह ४२ दशमलव ६६ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ६८ दशमलव २३ अङ्कले, होटल तथा पर्यटन उपसमूह १०९.८९ अङ्कले, विकास बैंक उपसमूह २०६.६६ अङ्कले, जलविद्युत उपसमूह १८४.८८ अङ्कले, वित्त उपसमूह ११२.१४ अङ्कले, निर्जीवन बीमा ५५२.५४ अङ्कले, उत्पादन उपसमूह ३३५.७१ अङ्कले, अन्य उपसमूह ७३.२५ अङ्कले, लघुवित्त उपसमूह १८६.३६ अङ्कले, जीवन बीमा उपसमूह ६०४.८८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १५ अङ्कले र लगानी उपसमूह ४.८ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x