बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंकम्यानेजमेन्टले सहकार्य गर्ने


ज्ञानमाण्डू। २०७५ साल कार्तिक २१ गते लक्ष्मीपूजाका दिन ढाका स्थित बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टको कार्यालयमा बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्ट, ढाका, बीच बैकिङ्ग तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दिर्घकालीनरुपमा सहकार्य गर्ने सम्बन्धी सहमतिपत्रमा एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको कुरा बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालले एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । सहमतिपत्रमा बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालको तर्फबाट संस्थाका अध्यक्ष तथा प्रबन्ध संचालक डा. विनोद आत्रेय र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टको तर्फबाट उक्त संस्थाका डाइरेक्टर जनरल डा.तोफिक अहमद चौधरीले हस्ताक्षर गरेको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।


नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाहरु र इमर्जिङ्ग नेपाल लि.ले नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासका लागि प्रबद्र्धन गरेको बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालले बंगलादेशको केन्दीय बैक सहित अन्य सरकारी तथा निजी क्षेत्रका बैकहरुद्धारा प्रर्वद्धित सन् १९७४ देखि संचालनमा रहेको बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टसंगको सहकार्यमा सर्टिफाइड शैक्षिक कार्यक्रमहरु संचालन गर्ने, सेमिनार, कार्यशाला तथा गोष्ठीहरु आयोजना गर्ने, वित्तीय क्षेत्रमा अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने जस्ता कार्यहरु मार्फत नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको जनाइएको छ ।


बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टले आयोजना गरेको सातौ बार्षिक बैकिङ्ग सम्मेलनका अबसरमा गरिएको उक्त सहमतिपत्र हस्ताक्षर कार्यक्रममा बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालका संचालक द्धय श्री भवानी ढकाल र सुदिप खनाल तथा बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टका विशिष्ट पदाधिकारीहरुको समेत उपस्थिति रहेको कुरा समेत विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x