
ज्ञानमाण्डू। साइन्टिफिक लर्निङ सेन्टर प्रा. लि. ले २०७७ साल, माघ १९ देखि २२ गते सम्म प्रत्येक दिन बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुकि ४ बजे देखि ६ बजेसम्म कोटेश्वर, काठमाडौँ स्थित कम्पनीको तालीम केन्द्रमा आधारभूत शेयर तालिमको चाैधाैँ र पन्ध्राैँ ब्याच सञ्चालन गरेको छ ।
कार्यक्रम विशेष गरी नयाँ लगानीकर्ता तथा शेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको जनाउदै तालीमका संयोजक तथा साइन्टिफिक लर्निङ सेन्टर प्रा. लि. का चिफ अपरेटिंग अफिसर विक्रम भट्टराईले, शेयर बजारको आधारभूत ज्ञान नहुँदा अहिलेको अवस्थामा लगानीकर्ताले ठूलो जोखिम मोल्नु परेको र साथै शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा सहयोगी हुने हुँदा आफूहरूले सस्तो शुल्कमा खास गरेर नवप्रवेसीहरुलाई लक्षित गरी तालीम सञ्चालन गर्दै आएको कुरा जानकारी गराउँदै शेयर विश्लेषक सन्तोशराज बजगाईँले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको कुरा बताउनुभयाे । उहाँ भन्नुहुन्छ "यो अभियानमा सबैको साथ सहयोगको अपेक्षा गरेका छौँ र चाैधाैँ र पन्ध्राैँ ब्याचमा लगानीकर्ताहरूकाे उपस्थितिबाट झनै उत्साहित पनि छौँ । "

उक्त कार्यक्रमका विशेषताहरू यसप्रकार रहेका छन् ।
- शेयर बजार के हो र कसरी प्रवेश गर्ने ?
- शेयर बजारलाई प्रभाव पार्ने तत्व्हरु के के हुन्?
- वित्तिय प्रतिवेदनका विभिन्न पक्षको जानकारी ।
- कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरु ।
- नेपालमा अन्लाईन शेयर कारोबारको महत्व र यस क्षेत्रबारे विशेष जानकारी ।
