
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, चैत २३ गतेका दिन बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको कुल १ लाख २७ हजार ५ सय ७५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।