ग्लोबल आइएमई बैंकद्धारा व्हील चेयर वितरण

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउन्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख श्री गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालका कार्यकारी निर्देशक श्री दिपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गरेका हुन् । 
करुणा फाउन्डेशन नेपाल वि.स.२०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशिल रहिआएको संस्था हो । 

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x