आज देखि हिमालयन हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै


ज्ञानमाण्डू। हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गते (आज) देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाकाे सम्पूर्ण बासिन्दाहरूका लागि आईपीओ विक्री गर्न लागेको हो।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम १० कित्ता र दरखास्त दिन पाउने अधिकतम कित्ता १,००० तोकेको छ। सो कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित दरले ९ लाख कित्ता प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरिएकोमा २ लाख ८१ हजार ७५० कित्ता शेयर मात्र बाँडफाँट भई ६ लाख १८ हजार २५० कित्ता शेयर बाँकी रहेकाेले सर्वसाधारणमा निष्काशन गरिने १३ लाख ५० हजार कित्ता शेयरमा उक्त ६ लाख १८ हजार २५० कित्ता शेयर थप गरी जम्मा १९ लाख ६८ हजार २५० कित्ता शेयर मध्ये ५% अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामुहिक लगानी कोषहरूमा बाँटफाँट गरिएको र २ % अर्थात ३९ हजार ३६५ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छट्याई बाँकी १८ लाख ३० हजार ४७२ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) असार १९ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा स्थानीयले ढिलोमा असार २९ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x