७६.९८ प्रतिशतले नाफा वृद्धि गरेको महालक्ष्मी विकास बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

mahalaxmi bikas bank

ज्ञानमाण्डू। महालक्ष्मी विकास बैंकको नाफा ७६.९८ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा बैङ्कले ४० करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा बैंकले ७१ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४ अर्ब १ करोड ८ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको महालक्ष्मी विकास बैंकले ४१ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ७५ करोड रुपैयाँ र संचित मुनाफा ४८ कराेड ७९ लाख रूपैयाँ रहेको छ । यता बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.६४ प्रतिशतले बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेकाे छ ।
त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ४५ करोड ८३ लाख रुपैयाँ रहेकाे छ। उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा महालक्ष्मी विकास बैंकले आफ्ना शेयरधनिहरूलाई १५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।

बैंककाे निष्कृय कर्जा अनुपात २.८९ प्रतिशत, प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४ पैसा र पछिल्लो कारोबार मूल्य रु ४०० को आधारमा मूल्य आम्दानी अनुपात १६.८५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x