शान्तिपूर्ण देशको सूचिमा नेपाल ७६ औं स्थानमा

ज्ञानमाण्डू। विश्व शान्ति सूचकांक (ग्लोबल पिस इन्डेक्स) (जीपीआई) २०१९ अनुसार नेपाल गएको वर्षभन्दा आठ स्थानमाथि उक्लिदै विश्वको ७६ औँ शान्तिपूर्ण देश बन्न सफल भएको छ ।

सन् २०१८ को प्रतिवेदनमा ८४ औँ स्थानमा रहेको नेपाल, हाल अस्ट्रेलियाको थिंक ट्याङ्क इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (आईईपी) ले जारी गरेको प्रतिवेदन अनुसार २०१९मा गरिएको १६३ देशको सर्वेक्षण अनुरूप, नेपाल आठ स्थानमाथि उक्लिएर ७६ औ स्थान बनाउन सफल भएको हो ।

आईईपीको प्रतिवेदन अनुसार, सबैभन्दा शान्तिपूर्ण देशको सूचिको पहिलो नम्बरमा आइसल्यान्ड पर्न सफल भएको छ । त्यस्तै न्यूजिल्याण्ड, अष्ट्रिया, पोर्चुगल र डेनमार्क दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन् ।

यो सूचीको अन्तिम अर्थात् १६३ औँ स्थानमा दक्षिण एसियाली राष्ट्र अफगानिस्तान परेको छ । त्यस्तै सिरिया, दक्षिण सुडान, यमन र इराक विश्वकै कम शान्तिपूर्ण देशको पुछारमा अटाएका छन् । 

१५ औँ स्थानमा रहेको भुटान दक्षिण एसियाली राष्ट्रको पहिलो नम्बरमा परेको छ । त्यस्तै श्रीलङ्का ७२, बङ्गलादेश १०१, भारत १४१, पाकिस्तान १५३ औँ स्थानमा छन् ।

आईईपीले निम्न आधारमा शान्तिपूर्ण देशको सूचि सार्वजनिक गर्ने गरेको छ। सामाजिक सुरक्षा र सुरक्षाको स्तर, चलिरहेको घरेलु र अन्तर्राष्ट्रिय सङ्घर्षको सीमा र सैन्यकरणको अवस्थालाई मुख्य आधार मान्दै आएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x