सङ्क्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह

ज्ञानमाण्डू।कोरोना भाइरसको सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत सङ्कलन कार्य अघि बढाएको छ । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्याङ्क सङ्कलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले सोमबारदेखि अभियान सुरु थालेको छ । यसअघि जानकारीमा आएकालाई क्वारेन्टाइनमा राखिएकामा अब परीक्षणका लागि व्यक्तिहरू खोज्न थालिएको छ । 

लम्की चुहा नगरपालिकाले ४ सय ८४ जना विदेशबाट आएका नागरिक पत्ता लगाएको छ । जानकी गाउँपालिकामा यस्तो सङ्ख्या २ सय ३७ छ । यसरी पत्ता लगाएका व्यक्तिको सोमबारबाटै र्यापिड डायग्नोष्टिक टेष्ट सुरु गरिएको लम्की चुहा नपाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी दिइन् । ‘‘हामीलाई पाँच सय परीक्षण किट प्राप्त भएको छ, मानिसहरू अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुनुहुन्छ,’’ बिसीले भनिन् , ‘‘लम्कीका दुई नागरिकमा कोभिड १९ सङ्क्रमण देखिएपछि त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिकहरू पनि खोज्न थालेका हौँ ।’’

धनगढी उपमहानगरपछि ठुलो जनसङ्ख्या भएको टीकापुर नगरपालिकामा खोजी अभियान सुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए । रावलका अनुसार एक २७ टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेवी गरी २ सय ५४ जना परिचालन गरिएको छ । परिचालन गरिएका स्वास्थ्यकर्मी र स्वयंसेवीले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने, साबुन पानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । साथै विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड १९ का लक्षण र बच्ने उपायबारे जानकारी गराइने छ । तीन दिनभित्र तथ्याङ्क सङ्कलन गर्ने रणनीतिअनुसार काम सुरु गरिएको संयोजक रावलले बताए । टीकापुरमा विदेशबाट आएकाहरु ३३० जना रहेको जनाइएको छ । तथ्याङ्क सङ्कलनपछि आरडिटी विधिबाट छिटो परीक्षण गरिनेछ । यहाँ हालसम्म ६० जनाको र्यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ । 

सङ्क्रमित भेटिएपछि त्रास:

सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको सङ्क्रमण फेला परेपछि कैलालीका नागरिक त्रसित भएका छन् । लम्कीमा सङ्क्रमण देखिएकी ६५ वर्षीया महिला १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिन अघि लम्की पुगेका थिए । लम्की चुहा नगरपालिकाको लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरूलाई राखिएको थियो । उनीहरू बीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ । ती १७ जना मध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको बताइन्छ । क्वारेन्टाइनमा बसेकै बेला त्यहाँ रहेका सबैको र्यापिड टेष्ट गरिएको लम्की चुहा नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको र्यापिड टेष्ट नेगेटिभ आएपनि स्वाबको नमुना परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पोजेटिभ आएपछि ती महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । हालको उनको अवस्था सामान्य रहेको अस्पतालका चिकित्सक डा जगदीश जोशीले जानकारी दिए । 

क्वारेन्टाइनमा बसेकाको र्यापिड टेष्ट नेगेटिभ आएपछि उनीहरूलाई पिसिआरको रिपोर्ट नआउँदै चैत्र २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ । बाँकी १६ जनालाई समेत पुनः लम्की बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ । ती महिलासँग सम्पर्क भएकाहरुको खोजी भइरहेकोे लक्मीचुहा नपाको वडा नं. १ का वडाध्यक्ष जनक बमले जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x