धितोपत्र बजारमा ३७.८७ अंकको वृद्धि, नेप्से परिसूचक ३१९८.१९ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले बढेर ३१९८ दशमलव १९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ८६ अंकले बढेर ५९८ दशमलव १५ को विन्दुमा पुगेको छ ।
आज कूल २२८ कम्पनीका ३ करोड ३५ लाख ०९ हजार ७५१ कित्ता शेयर रु २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये दुर्इ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह १६ दशमलव ४२ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह ६ दशमलव २३ अङ्कले, विकास बैंक उपसमूह ३३०.४६ अङ्कले, जलविद्युत उपसमूह ५१.४८ अङ्कले, वित्त उपसमूह १४८.२ अङ्कले, निर्जीवन बीमा ८३.४१ अङ्कले, उत्पादन उपसमूह २५५.९२ अङ्कले, अन्य उपसमूह ३.३ अङ्कले, लघुवित्त उपसमूह १.५५ अङ्कले, जीवन बीमा १५१.३२ अङ्कले र लगानी उपसमूह १.७२ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह १५ दशमलव ५१ अङ्कले घट्दा सामूहिक लगनी कोष शुन्य दशमलव २४ अङ्कले घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x