साधना लघुवित्तको नाफामा ८८.३९ प्रतिशतकाे वृद्धि, प्रतिशेयर आम्दानी कति ?

 sadhana laghu bitta

ज्ञानमाण्डू। साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८८.३९ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले १ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ३ करोड २९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको साधना लघुवित्तले ९३ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै साधना लघुवित्तले २ अर्ब ८८ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १६ करोड २१ लाख रुपैयाँ रहेको छ ।

साधना लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३०.७२ प्रतिशतले बढेर ७ करोड २१ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात १.०६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ १ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १३५५ काे आधारमा मूल्य आम्दानी अनुपात २६.४५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x