नबिल बैंक र लायनस क्लब बिच ब्रान्डेड भिसा कार्ड जारी गर्ने बिशेष सम्झौता

ज्ञानमाण्डू।नबिल बैंक तथा लायन्स – मल्टिपल डिस्ट्रिक बिच मिति २५ जेष्ठ २०७६ एक बिशेष समारोह बिच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भयो र उक्त सम्झौता संगै अब नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नु हुनेछ भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ । .

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबंधक श्री बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमा बिस्वस्त रहेको जानकारी दिए र साथै लायन्स मल्टिपल डिस्ट्रिकका तर्फ बाट चेयरपर्सन श्री डी. आर. खनालले उक्त कार्यको सर्हाना गर्दै नबिल बैंकलाई धन्यवाद दिइ यसको फाइदा लिन सम्पूर्ण लायन्स सदस्यलाई आग्रह समेत् गरेका छन् । 
उक्त सम्झौता समारोहमा लायन्स क्लब २०१८ र १९ का चारै डिस्ट्रिकका गवर्नरहरु श्री सुनिल ओझा, श्री सुदर्शन धर प्रधानाङ्ग, श्री अशोक श्रेष्ठ साथै श्री अनन्त भेट्वालको उपस्तिथी रहेको थियो । .
  
सामाजिक हितका लागि सन् १९१७मा स्थापना भएको लायन्स ४६००० क्लब तथा एक करोड चालिस लाख सदश्य भएको बिस्वकै ठुलो संस्था हो । करिब ३२००० सदश्य रहेको लायन्सले १२०० क्लब मार्फत नेपालमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।.
त्यसैगरी नबिल बैंकले आÏनो ७९ शाखा, १३३ ब्त्ः र १५०० भन्दा बेशी नबिल रेमिट एजेन्ट मार्फत देशै भर बिशाल संजाल फैलाई सेवा सुबिधा दिदै आइरहेको छ ।.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x