जापान जाने नेपाली कामदारका लागि भाषा परीक्षा कार्तिकमा हुने

ज्ञानमाण्डू। जापान सरकारसँग भएको सम्झौता अुनसार जापान जाने नेपाली कामदारका लागि ११ र १२ कार्तिकमा भाषा परीक्षा हुने भएको छ । ‘केयर गिभर’ का लागि पहिलो चरणमा भाषा परीक्षा लिन लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । भाषा परीक्षाणमा उत्तिर्ण भएकाहरूका लागि कात्तिक २१ र २२ मा सिप परीक्षण गर्ने मन्त्रालयले तयारी गरेको छ ।

भाषा परीक्षाका मिति तोकेपनि आवेदनको मिति भने सरकारले अझै तोकेको छैन । जापान सरकारले सुरुमा नेपालबाट अरूको हेरचार गर्ने 'केयर गिभर' लिन चाहेको छ । तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्ने चाहिँ जानकारी आई नसकेको मन्त्रालयले जनाएको छ ।

भाषा परीक्षा लिएको एक साता भित्र नतिजा सार्वजनिक गर्ने तयारी पनि मन्त्रालयले गरेको छ । कामदारका रूपमा जापान जानेहरू पाँच वर्षका लागि काम गर्ने अनुमति पाउँछन् । श्रम मन्त्रालयका अनुसार जापान जाने कामदारले परीक्षा शुल्क र टिकटको पैसा तिर्नुपर्ने सर्त जापानले राखेको छ । त्यस्तै, कामदारको स्वास्थ्य जाँच कसरी गर्ने भन्ने विषयमा भने जापानी पक्षसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ । 

सरकारी तवरबाटै नेपालीकामदार जापान जाने प्रक्रिया सुरु भएको यो पहिलो पटक हो ।गत चैत ११ मा मा जापानको मन्त्रिपरिषद्ले विदेशी कामदारलाई आफ्नो देशमा भित्र्याउन नीति पारित गरेपछि नेपालीलाई पनि कामदारका रूपमा जापान जाने बाटो खुलेको हो ।सम्झौतामा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगवाले हस्ताक्षर गरेका थिए । सोही सम्झौताअनुसार विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भए पनि पहिलो चरणमा एउटा क्षेत्रमा मात्रै कामदार लैजाने तयारी जापानले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x