पाकिस्तानी प्रधानमन्त्रीद्वारा कोभिड–१९ विरुद्ध राष्ट्रिय एकताको आग्रह

ज्ञानमाण्डू।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रलाई एक टेलिभिजनमा गरेको सम्बोधनमा कोभिड–१९ विरुद्धको युद्ध जित्ने जिम्मेवारीका साथ एकताको माग गरेका छन् ।

मङ्गलबार साँझ एक टेलिभिजनमार्फत प्रधानमन्त्रीले भने , “हामी जिम्मेवार राष्ट्र हौँ भनेर प्रमाणित गर्न हामीले आफूलाई र अरूलाई रक्षा गर्नु आवश्यक छ । सरकारले यस रोगलाई नियन्त्रण गर्न, स्वास्थ्य सेवा उपलब्ध गराउन र आपूर्ति सुनिश्चित गर्न यथासक्य प्रयास गर्नेछ ।” 

खानले आफूलाई न्याय गर्न घरमै बसेर, सार्वजनिक सभामा उपस्थित हुनबाट जोगिँदै, अन्य सावधानी अपनाउनेहरू र कोभिड– १९ लक्षण भएमा मात्र मेडिकल जाँचको लागि सरकारलाई सहयोग गर्न मानिसहरूलाई आग्रह गरेका छन् । 

प्रधानमन्त्रीले मानिसहरूलाई यो रोगको विरुद्ध लड्न चीनबाट सिक्न आग्रह गरे र भाइरस फैलाउन नदिने रोकथामको लागि चीनले गरेको सफल प्रयासको प्रशंसा पनि गरेका छन् । 

पाकिस्तान निरन्तर चीनको सम्पर्कमा रहेको खानले बताए । चीनले पहिले नै पाकिस्तानलाई सहयोग गरिरहेको तर पाकिस्तानले अझ बढी चीनबाट सिक्नु पर्ने आवश्यक रहेको खानले बताए । 

पाकिस्तानमा कम्तीमा २३५ जनालाई कोभिड–१९ पोजेटिभ देखिएको छ । कोरोना भाइरसबाट अर्थव्यवस्थामा पर्ने प्रभावलाई कसरी सामना गर्ने भन्ने विषयमा सरकारको आर्थिक कमिटीले निर्धारण गर्ने पनि उनले बताए। सरकारले निर्यातकर्ताहरू र नोक्सान भोग्नेहरूलाई सहयोग पुर्‍याउने पनि प्रधानमन्त्री खानले बताए ।

देशले सबै सार्वजनिक र निजी शैक्षिक संस्थाहरू, विवाहका पार्टी हलहरू, सांस्कृतिक केन्द्रहरू, सिनेमाघरहरू बन्द गरेको छ, र सबै खेलकुद गतिविधिहरू र आधिकारिक कार्यक्रमहरू रद्द गरेको छ । 

पाकिस्तानले यसको पश्चिमी सीमाबाट ईरान र अफगानिस्तानबाट आउने नागरिकलाई पनि रोकेको बताइएको छ । साथै उक्त नाकाबाट सीमा पार गरी नागरिकलाई बाहिरिन पनि रोकेको बताइएको छ । 

देशले यस रोगका विरुद्ध लड्न विशेष कार्यक्रमका साथ अघि बढेको र केही व्यक्तिको परिचालन गर्नुको साथै देशका सबै नाकाहरूबाट प्रवेशमा कडाइ गरेको छ । क्वारेन्टाइन केन्द्रहरू पनि स्थापना भइरहेका प्रधानमन्त्रीले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x