ललितपुर महानगरपालिकामा स्मार्ट सडक बत्ती

ज्ञानमाण्डू। ललितपुर महानगरपालिकाका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा उक्त बत्ती जडान गर्न लागिएको हो ।

कुपण्डोलस्थित नबिल बैंकअगाडि आज स्मार्ट सडक बत्तीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका तीनवटा सडकमा कूल छ सय ६९ स्मार्ट सडक बत्ती जडान गर्न लागिएको बताए । उनले भने, “हामीले वाग्मतीको पुलबाट जावलाखेल, लगनखेल हुँदै सातदोबाटो, हिमालयन होटल, पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मङ्गलबजार, लगनखेल र पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्काेसम्म सडक बत्ती जडान गर्न लागेका हाैँ ।” ललितपुरमा रहेका छ पालिकामध्ये सो सडक बत्ती जडान गर्ने यो पहिलो पालिका रहेको उनले दाबी गरे ।

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले स्मार्ट सडक बत्ती सोलारभन्दा कम खर्चमा जडान हुने बताइन् । उनले भनिन्, “यो बत्ती निकै प्रभावकारी छ । यस बत्तीलाई कम्प्युटरको सहायताले सर्भर कक्षबाट नियन्त्रण गरिनेछ ।” क्रम्टन महावीर जेभीले सडक बत्ती जडानको जिम्मा लिएको सत्यालले जानकारी गराइन् ।

सो बत्ती जडान शुरु गरेको ४५ दिनमा परियोजना सम्पन्न गर्ने योजना महानगरपालिकाको छ । गत २०७६ भदौ २ गते सम्झौता भएको उक्त परियोजनामा महानगरपालिकाको कूल रु पाँच करोड २० लाख लाग्ने जनाइएको छ । महानगरपालिकाका यी क्षेत्रहरुमा पहिलो चरणमा बत्ती जडानको काम सम्पन्न भएसँगै दोस्रो चरणमा अन्य थप वडाहरु बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल र हरिसिद्धि जडान गरिने बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x