इंग्ल्यान्डविरुद्व अष्ट्रेलियाको दोस्रो जित दर्ता

ज्ञानमाण्डू।एसेस सिरिजको चौथो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय ८५ रनले पराजित गर्दै अस्ट्रेलियाले १८ वर्षपछि घरेलु मैदान बाहिर एसेज ट्रफी रक्षा गर्न सफल भएको छ । जितसँगै अस्ट्रेलिया २–१ ले अघि बढेको छ । पाँचौँ तथा अन्तिम खेल बिहीबार हुनेछ ।

इंग्ल्यान्ड ९१.३ ओभरमा १ सय ९७ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका लागि ओपनर जो डेनली ५३, जेसन रोय ३१, जोनी बेयरस्टो २५ र जस बटलर ३४ रनमा आउट भए । अस्ट्रेलियाको जितमा प्याट कमिन्सले ४,जोसन हेजलवुड र नाथन लायनले समान २ विकेट लिए । मिचेल स्टार्कको नाममा १ विकेट रह्यो ।

अस्ट्रेलियाले आफ्नो पहिलो ईनिङ्समा ८ विकेट गुमाएर ४ सय ९७ रन बनाएर ईनिङ्स समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्ड पहिलो ईनिङ्समा ३ सय १ रनमा आउट भएको थियो । सो अवस्थामा पाहुना टोली अस्ट्रेलिया १ सय ९६ रनले अघि बढ्न सफल भएको थियो ।

दोस्रो ईनिङ्समा अस्ट्रेलियाले ६ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै ईनिङ्स घोषणा गरेको थियो । उसले घरेलु टोली इंग्ल्यान्ड सामु जितका लागि ३ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर घरेलु टोली ९१.३ ओभरमा १ सय ९७ रनमा अलआउट हुँदा अस्ट्रेलियाले खेल १ सय ८५ रनले जित्न सफल भयो ।

पहिलो खेलमा अस्ट्रेलिया विजयी हुँदा दोस्रो खेल ड्र भएको थियो । त्यस्तै तेस्रो खेलमा इंग्ल्यान्डले जितेको थियो । अन्तिम तथा पाँचौँ टेस्ट १२ सेप्टेम्बर देखी सुरु हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x