रेमिटान्सका ग्राहकहरुकालागि सिजी ईलेक्ट्रेनिक्सका कुनै पनि घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट

ज्ञानमाण्डू। नेपालको अग्रणी तथा रकम पठाउने र प्राप्तगर्ने विश्वासिलो रेमिटान्स कम्पनीप्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुकालागि लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससंगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सिजी ईलेक्ट्रनिक्सका विभिन्न ब्राण्डहरु एलजी,सिजी, गोदरेज, टीसीएल आदि इत्यादि सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । 
सो अनुसार नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने छ । आफ्ना सन्तुष्ट ग्राहकहरुलाई पूर्ण सुविधा दिदैँ आएको कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै कम्पनीले यो व्यवस्था ल्याएको हो । यस अन्र्तगत कुनै पनि ग्राहकले प्रभुमनि ट्रान्फरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी ईलेक्ट्रनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल  तथा एलजी लाईफस्टायल शोरुम बाट टिभी, फ्रिज वाशिंग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिदगर्दा आकर्षक छुट प्राप्तगर्न सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x