प्राइम कमर्सियल बैङ्ककाे नाफा २ अर्ब ८१ कराेड, १८ प्रतिशत सम्म लाभांश वितरण गर्न सक्ने क्षमता

ज्ञानमाण्डू। प्राइम कमर्सियल बैङ्कको नाफा ३८.७६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को तेस्राे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ३ कराेड ६ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा बैंकले २ अर्ब ८१ कराेड ७६ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१६ अर्ब ८ कराेड ३० लाख ३६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम कमर्सियल बैङ्कले १ खर्ब ४० अर्ब ५२ करोड ३ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब ८५ कराेड २६ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ६ करोड ३७ लाख १० हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब ३१ कराेड ४४ लाख ८९ हजार रूपैयाँ रहेको छ ।


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३१.८९ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ६४ लाख २१ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा २ अर्ब २० कराेड ४ लाख ५१ हजार रुपैयाँ रहेकाे छ । उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा प्राइम कमर्सियल बैङ्कले आफ्ना शेयरधनिहरूलाई १८ प्रतिशत सम्म लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ। 

बैंककाे निष्कृय कर्जा अनुपात ०.८६ प्रतिशत र प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ८८ पैसा र मूल्य आम्दानी अनुपात १९.३१ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x