आर्थिक एजेन्डामा समान दृष्टिकोण बनाउन सबै राजनैतिक दलहरूलाई ढकालको आग्रह

chandra prasad dhakal

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेन्डामा सबै राजनैतिक दलहरूले समान दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कोभिड १९ को महामारीले सङ्कटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुत गतिमा पुनरुत्थान गर्न सबै राजनैतिक दलहरूको समान धारणा आवश्यक पर्ने बताउनुभयो ।

“अहिले अर्थतन्त्र बिस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न । सबै मिलेर यसलाई द्रुत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो, “यसका लागि सबै राजनैतिक दलहरूको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ,” उहाँले भन्नुभयो ।

अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभाव बारे बोल्दै उहाँले यसलाई अहिलेसम्मका अध्ययनहरूले कम खतरापूर्ण रहेको बताउँदै आएकाले यस सँगसँगै आर्थिक तथा व्यावसायिक गतिविधिहरू सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो ।

लुम्बिनी प्रदेश मुलुककै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उहाँले बिस्तारै बिस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता सहरहरू आर्थिक केन्द्रका रूपमा पनि विकास हुँदै गरेको बताउनुभयो ।

chandra prasad dhakal

उहाँले आइएमई समूहको लगानीमा सात वटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तव्यहरू निर्माण भइरहेको र त्यस्ता परियोजनाहरूमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरूसँग समेत सहकार्य हुने बताउनुभयो ।

“हामीले सात वटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तव्यहरू निर्माण गर्न गइरहेका छौँ । यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ । यस्ता परियोजनाहरूमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरूसँग समेत साझेदारी र सहकार्य हुनेछ,” उहाँले भन्नुभयो ।

कोभिड महामारीले मुलुकमा चुनौती मात्र नथपेको बताउँदै यसले नयाँ नयाँ अवसरका ढोका पनि खोलेको उहाँले बताउनुभयो ।

“कोभिड–१९ को महामारीले चुनौतीहरू मात्र थपेको छैन, नयाँ अवसरहरूको ढोका पनि खोलेको छ । डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन यो सङ्कटले हामी सबैलाई बाध्य पारेको छ । इ–कमर्स, इ–कारोबार, सेवा तथा वस्तुको उत्पादन एवम् बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्महरूको प्रयोग बढेको छ,” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x