नेपाल रेमिटर्स एसोसिएसनमा नयाँ नेतृत्व

ज्ञानमाण्डू। नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । हिजो राजधानी काठमाडौंमा सम्पन्न १३औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । साधारण सभाले तपशील बमोजिमका व्यक्तित्वहरूलाई कार्यसमितिमा निर्विरोध चयन गरेको छ ः– 

सुमन पोखरेल– अध्यक्ष (आइएमई लिमिटेड)
दिवाकर थापा– निर्वतमान अध्यक्ष ( हुलास रेमिटेन्स प्रा.लि)
चन्द्र टण्डन– उपाध्यक्ष ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि)
रितेश मित्तल– महासचिव ( नेपाल रेमिट इ. प्रा.लि)
संजय सिग्देल– कोषाध्यक्ष ( सुर्य रेमिट प्रा.लि)
इन्द्र शर्मा–सचिव (आइपे रेमिट प्रा.लि )
युमा श्रेष्ठ–सदस्य ( हिमालयन बैंक लिमिटेड)
प्रविन अधिकारी– सदस्य ( युनाइटेड रेमिट प्रा.लि)
दीपेन्द्र खनाल– सदस्य ( इजी लिकं प्रा.लि)

कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरेकाछन् । 

सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पु¥याउने उद्देश्यले बिक्रम सम्वत् २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x