ज्ञानमाण्डू। आज मसिंर २० गते बिहान ग्लोबल आइएमई बैंकको केन्द्रिय कार्यलयमा आयोजित ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल एक आपसमा गाभिई ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरुगर्ने कार्यक्रमको अर्थ मन्त्री डा. युवराज खतिवडाले औपचारिक शुभारम्भ गरेका छन् ।
कार्यक्रममा उपस्थित अर्थ मन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र अन्य विशिष्ट अथिति एवं पदाधिकारीहरुले ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाललाई एक आपसमा गाभिई ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेको उपलक्ष्यमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैङ्कले केही वर्ष अगाडी लिएको मर्जर पोलिसीमा साथ दिएकोमा ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क नेपाललाई धन्यवाद दिएका छन् साथै यो मर्जर अन्य बैङ्क तथा वित्तीय संस्थाहरुका लागि उदाहरण भएको बताएका छन्।
