दैनिक पाँच हजार चालक अनुमति पत्र छपाइ

ज्ञानमाण्डू।झन्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमति पत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झन्डै पाँच हजार चालक अनुमति पत्र छपाइ गर्न थालेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत यो सङ्ख्यामा छपाइ भइरहेको हो । केही दिनपछि नै दैनिक तीन सिफ्टमा ‘मास प्रिन्टर’ सञ्चालन हुने विभागका महा निर्देशक गगनबहादुर हमालले बताए । 

सो उपकरण निर्माण गर्ने कम्पनीले एकै पटक लामो समयसम्म सञ्चालन गर्न नहुने सल्लाह अनुसार अहिले दुई सिफ्टमा सञ्चालन भइरहेको छ । छपाइमा रहेको ढिलाइ हटाउन केही दिनभित्रै दैनिक तीन ‘सिफ्ट’ मा अनुमति पत्र छापिने भएको छ । मास प्रिन्टर दैनिक तीन सिफ्ट सञ्चालन गर्ने र अरू प्रिन्टरमार्फत दैनिक नौ हजारसम्म चालक अनुमति पत्र छपाइ गरिसक्ने योजना विभागको छ । आगामी चार/पाँच महिना भित्रैमा छापिसक्न बाँकी रहेका चालक अनुमति पत्र छपाइ हुने उनको भनाइ छ । 

‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने उनको भनाइ छ । पुराना चार उपकरण मर्मत गर्न लागिएको विभागले जनाएको छ । तीन ‘सिफ्ट’मा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको हमालले बताए । ‘मास प्रिन्टर’ सञ्चालनकै लागि अहिले विभागका सात जना कर्मचारीले अहिले तालिम लिइरहेका छन् । देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले ‘स्मार्ट’ चालक अनुमति पत्र छाप्दै आएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x