भरतपुरमा पाँचौँ क्यान मेला हुने

ज्ञानमाण्डू।चितवनको भरतपुरमा पाँचौँ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । माघ २४ देखि २८ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजक कम्प्युटर एसोसिएशन नेपाल चितवन शाखाले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

नारायणगढको लायन्सचोकस्थित पुरानो तरकारी बजारमा मेला आयोजना हुनेछ । ‘चितवनको समृद्धि, सूचना प्रविधि’ भन्ने नारासाथ हुने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइबर सुरक्षासम्बन्धी सामग्री, मोबाइल, स्मार्ट टिभी, उच्च शिक्षासम्बन्धी सेवा प्रदान गर्ने र कलेज एवम् परामर्शदाताका ८१ कक्ष रहनेछन् ।

सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवा विद्यार्थीको प्रतिभा देखाउने र प्रोत्साहान गर्ने उद्देश्यले मेला आयोजना गरिएको क्यान चितवन शाखा अध्यक्ष सन्तोषजनक भुसालले जानकारी दिए । उनले सूचना प्रविधि, मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नाका साथै युवापुस्तालाई सक्षम, स्वावलम्बी र प्रविधिमैत्री जनशक्ति निर्माण गर्न मेलाले सहयोग पु¥याउने बताए । मेलामा पहिलोपटक ह्याकाथन आयोजना गरिने अध्यक्ष भुसालले जानकारी दिए । मेलामा आईटीसम्बन्धी अन्तरक्रिया, विभिन्न प्रतियोगिता, डिजिटल नेपाल प्रविधि प्रदर्शनी, जनचेतनामूलक कार्यक्रम तथा सेमिनार, रोबोटिक्स प्रदर्शनी, टोल विकास संस्थाका प्रतिनिधिहरुलाई आईटी सचेतना कार्यक्रम राखिएको छ । रासस
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x