रामायण भवन सम्पन्न ,आदिकविको १०० फिट अग्लो शालिक निर्माण गरिँदै

ज्ञानमाण्डू।भानु नगरपालिका–४ शिखरकटेरीमा करिब रु तीन करोडको लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ । पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रूपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलात्मक रामायण भवन बनाइएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले जानकारी दिएका छन् । भवनको बार्दली काठमा कुँदिएको कलात्मक रहेको छ । 

करिब १० रोपनी क्षेत्रफलभित्र भानु गृह, आवास गृह, चमेना गृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । उक्त गुरुयोजनाका लागि अनुमानित लागत रु १६ करोड रहेको छ । पर्यटकलाई थप आकर्षित गर्न आदिकविको १०० फिट अग्लो सालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना रहेको भानु नगरपालिकाले जनाएको छ । 

चुँदी रम्घाबेँसीदेखि शिखरकटेरीसम्म पुग्ने कच्ची मोटर मार्ग भएका कारण मानिसलाई आवतजावत गर्न समस्या भएकाले उक्त मार्गको स्तरोन्नतिका लागि आवश्यक पहल भइरहेको वडाध्यक्ष पूर्णबहादुर लौडारीभाटले जनाए । नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त विसं १९७१ असार २९ गते चुँदी रम्घामा जन्मनुभएको हो । भानुभक्तका रामायण, भक्तमाला, बधुशिक्षा र प्रश्नोत्तरजस्ता काव्यकृतिले नेपाली साहित्य क्षेत्रलाई नै धनी बनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x