अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिका पुग्यो

ज्ञानमाण्डू।अस्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा दक्षिण अ‍ेमरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरूले मङ्गलबार दिएको जानकारी अनुसार अस्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मूलक उरुग्वेसम्म पुगेको छ । 
“यही जनवरी ६ सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकाशमा धुँवाका भुल्कोहरु देखिन थालेका छन्”, उरुग्वेको मौसम विज्ञान विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । अस्ट्रेलियामा लागेको ठुलो डढेलोका कारण उत्पन्न धुँवाले त्यस क्षेत्रका अन्य देशहरूमा समेत असर पारेको छ । विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले उरुग्वेका सञ्चार माध्यमहरूलाई दिएको जानकारी अनुसार अस्ट्रेलियाबाट आएको धुँवाले उरुग्वेको वायुमण्डललाई समेत प्रदूषित गराएको छ।

उनले सो धुँवाकै कारण मानवीय स्वास्थ्यमा ठुलो असर पर्ने अवस्था भने नरहेको स्पष्ट पारे । अस्ट्रेलियाको धुँवा प्रशान्त महा सागर हुँदै झन्डै १३ हजार किलोमिटरपछि दक्षिण अमेरिका आइपुगेको उनले उल्लेख गरे । 
गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अस्ट्रेलियामा अहिले पनि जारी छ । आगलागीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको, लाखौँ जंगली जनावर जलेर मरेको र ठुलो मात्रामा जङ्गल नष्ट भएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x