ज्ञानमाण्डू।आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्धारा प्रवद्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ ।
कम्पनीले ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरूलाई शववाहन हस्तान्तरण गरेको हो ।
आइएमई मोटर्सले शववाहन, विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिप्पर, स्कुल बससहित साना तथा ठुला कम्रसियल गाडीहरू बिक्री–वितरण गर्दै आएको छ । आर्मी प्रहरीका लागि प्रयोग हुने विशेष गाडीहरू पनि उपलब्ध गराउँदै आएको छ ।