नेपाल लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?

Nepal Life Insurance

 

ज्ञानमाण्डू। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

 

बिहीबार अपराह्नमा बसेको ३४४ औँ सञ्चालक समितिको बैठकले यस कम्पनीको आ.व २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५.७८९५ प्रतिशतले हुन आउने १ अर्ब २९ करोड ५९ लाख ९४ हजार ७१९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ भने उक्त लाभांशमा ०.७८९५ प्रतिशत बराबरको रकम कर प्रयाेजनका लागि हुने कम्पनीले जनाएको छ।

 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र आगामी बस्ने कम्पनीको २२ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र वितरण हुने कम्पनीले जनाएको छ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x