हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल माघ २९ गते, मङ्गलवारको दिन बसेको सञ्चालक समितिको ३४३ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०८०/८१ को वितरणयोग्य मुनाफाबाट कायम चुक्ता पुँजीको कुल ८.७५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८०/८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ८.७५ प्रतिशतले हुन आउने रकम २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र आगामी बस्ने कम्पनीको ३१ औँ वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात् मात्र वितरण हुने कम्पनीले जनाएको छ।
Click here to view the notice.
हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://gyanmandu.com/frontend/images/reactions/like.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/clap.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/support.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/love.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/curious.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/insightful.png)