आजसम्म कायम शेयरधनीले यूनियन लाइफ इन्स्योरेन्सकाे विशेष साधारण सभामा भाग लिन पाउने



यूनियन लाइफ इन्स्योरेन्सले यही वैशाख ०६ गते विशेष साधारण सभा गर्ने भएको छ।कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि चैत्र २७ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा चैत्र २६ गतेसम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।


कम्पनीले विशेष साधारण सभा टाईगर प्यालेस रिसाेर्ट, भैरहवा, रुपन्देहीमा बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धी प्रस्ताव पारित गर्ने र गाभिए पश्चात् बन्ने जीवन बिमा व्यवसाय गर्ने कम्पनीको नाम "हिमालयन लाइफ इन्स्याेरेन्स लिमिटेड" तथा अङ्ग्रेजीमा "Himalayan Life Insurance Limited" कायम गरी सो नामबाट जीवन बिमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

साथै यस सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ताले तयार गरेको यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको आधारमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात क्रमशः १:१:१ कायम गरी गाभ्ने, गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x