हिमालयन लाईफ इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फाल्गुन ११ गते १७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागी माघ २५ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा माघ २४ गते (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को लागी कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीको १४ प्रतिशतले हुन आउने रकम रु. १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x