आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज पाँचौँ वार्षिक साधारण सभा गर्दै

 

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असोज २६ गते (आज) पाँचौँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा लैनचौर बैङक्वेट्स लैनचौर, काठमाडौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७८/०७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले निर्धारण गर्ने छ।


अन्य प्रस्तावहरूमा कम्पनीले नियमनकारी निकाय बीमा समितिकाे निर्देशन बमाेजिम संस्थापक शेयरधनीबाट हाल कायम रहेकाे चुक्ता पुजीँकाे शत प्रतिशत बराबरको शेयर पुजीँ पुन:थप गर्ने, कम्पनीकाे प्रबन्धपत्र तथा नियमावलीमा संशाेधन गर्ने तथा सर्वसाधारणलाई छुट्टाईएकाे शेयर जारी गर्ने आदि रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x