पनौतीमा तस्वीर प्रदर्शनी

ज्ञानमाण्डू।पनौतीको इन्द्रेश्वर महादेव मन्दिर परिसरमा हिजोआज विभिन्न थरिका तस्बिरहरू देख्न पाइन्छ । जीवनशैली, सांस्कृतिक, धार्मिक, ऐतिहासिक मन्दिर, सुन्दर मनोरम दृश्य, वातावरण रहनसहनलगायतका विषय समेटेर करिब १६० भन्दा बढी प्रदर्शनीमा राखिएका तस्बिर अवलोकन गर्न सकिन्छ । 

सधैँ जसो इन्द्रेश्वर महादेव मन्दिर परिसरमा रमाइरहनु भएका पनौती नगरपालिका–७ का स्थानीयवासी विश्वेश्वर सैँजुले सोही क्रममा राखिएका नगरपालिकाभित्रका फरक–फरक ठाउँका थरी थरीका तस्बिर एकै ठाउँमा हेर्न पाउँदा त्यही ठाउँमा पुगेजस्तो आनन्द लिन पाएको बताएका छन् । कहिल्यै पनि नगएका आफ्नै नगरभित्रका विभिन्न ठाउँको अवस्था र ती ठाउँमा भएका सुन्दर एवं मनोरम दृश्य हेर्न पाउँदा निकै खुसी लागेको उनी बताउँछन् । 

सैँजुले भने, “तस्बिर हर्दा लाग्यो, पनौतीमा धेरै राम्रा र मनमोहक दृश्यहरू भएको ठाउँ रहेछ ।” उनलाई त्यो अवसर पनौती पर्यटन विकास केन्द्रको आयोजना तथा पनौती नगरपालिकाको सहयोगमा पनौतीको इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा भएको तस्बिर प्रदर्शनीले दिएको हो । ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसर पारेर आयोजना गरिएको तस्बिर प्रदर्शनीको उनी जस्तै धेरै स्थानीयवासी देखि विदेशीले समेत अवलोकन गरिरहेका छन् । प्रदर्शनीमा अहिलेसम्ममा दुई हजार ३०० भन्दा बढीले अवलोकन गरिसकेको जनाइएको छ । पानी र हावाहुरीले असर नगर्ने गरी ‘प्रिन्ट’ गरी तस्बिर प्रदर्शनी गरिएको छ । 

गत पुस १६ गतेबाट सुरु गरिएको सो प्रदर्शनीले पनौतीको बारेमा सबै जानकारी लिन सकिने फोटो पत्रकार प्रशान्त श्रेष्ठले बताउँछन् । तस्बिर प्रदर्शनीमा राखेपछि आफू पुग्न नसकेको नगरपालिकाभित्रका धेरै ठाउँका बारेमा जानकारी लिन पाएको र सुन्दर दृश्यका बारेमा बुझ्न पाएको उनले बताए । प्रदर्शनीमा सम्पदा क्षेत्रको तस्बिर नै बढी रहेको श्रेष्ठ बताउँछन् । पनौतीको वर्तमान अवस्थाका बारेमा जानकारी दिन हवाईजहाज र ड्रोनबाट खिचिएका तस्बिर राखिएको उनले थप जानकारी दिए ।

वडावासीको योगदानबाटै गरिएको तस्बिर प्रदर्शनीमा अवलोकन गर्न आउनेहरूले दिएको सुझावलाई समेत समेटेर आगामी दिनमा गर्नुपर्ने सुधारको विषयलाई सङ्कलन गरेर तस्बिर राखिएको आयोजकले जनाएको छ । प्रथम पटक गरिएको तस्बिर प्रदर्शनीबाट सङ्कलित सुझाव समेटी किताब नै प्रकाशन गरेर आगामी दिनमा अर्को तस्बिर प्रदर्शनी गर्न र ठाउँको बारेमा थप जानकारी दिन टेवा मिल्ने उनले उल्लेख गरे । 

तस्बिर प्रदर्शनीकै क्रममा पनौती नगरपालिकाभित्रका वस्तुस्थिति झल्कने गरी खिचिएको तस्बिर प्रदर्शनीसँगै प्रतियोगिताका लागि राखिएको छ । प्रतियोगितामा आठ स्थानीयवासीले सहभागिता जनाएका छन् । प्रतियोगितामा फोटो पत्रकार भुवन भोछिभोया र गोपाल वैद्यलाई निर्णायकमा राखिएको आयोजक संस्था पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष राजेन्द्र महाजुले बताए । पनौतीको वातावरण, जात्रा, संस्कृति र अन्य वस्तुस्थिति झल्कने गरी खिचिएका तस्बिरमध्ये उत्कृष्ट तीन जनालाई नगदसहित सम्मान गरिने उनी बताउँछन् । 

तस्बिर प्रदर्शनीमा फोटो पत्रकार प्रशान्त श्रेष्ठ, अक्षय मधुकर्मी, पदम तामाङ, पुरुषोत्तम अधिकारी, राजकुमार श्रेष्ठ, राजेन्द्र महाजु, अनिष श्रेष्ठलगायतका तस्बिर राखिएका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x