पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु


ज्ञानमाण्डू।दैलेख जिल्लामा सुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ सुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्त्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि बढाइरहेका छन् । 

विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ । अनुसन्धान गर्न अत्याधुनिक साधनसमेत यहाँ ल्याइएको छ । सर्भेअन्तर्गत जमिनभित्र तरङ्ग पठाउने काम सुरु गर्न थालिएको छ । चार सर्भेमध्ये सबैभन्दा महत्त्वपूर्ण ‘साइस्मिक सर्भे’ मानिन्छ । यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान गर्न लागिएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् । उनले भनेका छन् , “पेट्रोलियम भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमिनमुनि ड्रिलिङ गर्ने काम सुरु भइरहेको छ । १० मध्ये एउटा सर्कलमा जमिनमुनि करिब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो । अन्य सर्कलमा त्यही अनुपातमा काममा तीव्रता दिएको छ ।” 

जमिनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने भूगर्भ विभाग जनाएको छ । 

अन्वेषणका तीन वटा सााइस्मिक सर्भे सम्पन्न भएका छन् । पूर्व पश्चिम उत्तर दक्षिणका विभिन्न भूभागमा जमिनको ४५ फिट मुनिसम्म सानो मेसिनमार्फत ड्रिलिङ गर्ने काम सम्पन्न भएपछि प्रत्येक प्वालमा विस्फोटक पदार्थ राखेर जमिनमुनि आन्तरिक तरङ्ग पठाउने काम सुरु गरिएको छ । दश वटा साइस्मिक लाइनमा २०० किलोमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम सुरु भएको छ । एउटा लाइनमा ४०० वर्ग मिटर भूभाग समेटिई सर्भेको काम भइरहेको विभागले जनाएको छ । 

अन्वेषण अधिकृत डा त्रिपाठीले भनेका छन् , “तीन साइस्मिक सर्भेको काम सम्पन्न भएको छ ।” अन्वेषणका लागि तीन वटा पूर्व पश्चिम र सात वटा उत्तर दिशामा गरी १० वटा साइस्मिक लाइन खनिएका छन् । 

बाँकी रहेका सात वटा साइस्मिक लाइनमा काम धमाधम भइरहेको छ । माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमिनभित्र पठाइएको तरङ्ग मापन गरेर अध्ययन लागि पुनः विशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डार क्षेत्रको अन्वेषण कार्य सुरु हुने परियोजनाले जनाएको छ । 

अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्रेट टेल्युरिक सर्भे, जिओ केमिकल स्याम्पलिङजस्ता काम सम्पन्नपश्चात् महत्त्वपूर्ण मानिएको साइस्मिक सर्भेको काम अहिले सुरु गरिएको हो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x