३२ रुपैयाँ ४६ पैसा प्रतिशेयर आम्दानी रहेको एनआईसी एशिया लघुवित्त नाफा २२१.४९ प्रतिशतले बढ्यो

ज्ञानमाण्डू। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २२१.४९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले १७ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ५६ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसी एशिया लघुवित्तले २ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, एनआईसी एशिया लघुवित्तले १५ अर्ब ५९ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ९३ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

एनआईसी एशिया लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७५.९३ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.९३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा छ र मूल्य आम्दानी अनुपात ४७.५८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x