
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ३१ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात विहीबार असार ३० गतेका दिन, छापावाला सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ४५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको देख्न सकिन्छ ।