वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने

ज्ञानमाण्डू।मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले विद्यालय एवं सामाजिक संस्थालाई पनि चेतनामूलक अभियानमा सहभागी गराउने भएको छ । 

घरदेखि नै वाग्मती सफा राखौँ भन्ने आग्रहका साथ सुरु भएको अभियानले आज विद्यालय एवं सामाजिक संस्थाका प्रतिनिधिसँगको छलफलपछि यस्तो जानकारी दिइएको हो । गुह्येश्वरीमाथिको वाग्मती किनार सफाइको जिम्मामा विभिन्न विद्यालय र सामाजिक संस्थालाई दिने गरी काम सुरु गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

आउँदो शनिवारदेखि माथिल्लो भेगको वाग्मती सफाइ अभियानलाई हप्ताको सातै दिन सञ्चालन गर्ने तयारीसमेत भएको जनाइएको छ । गोकर्णेश्वर नगरपालिका–८ स्थित जया मल्टिपल क्याम्पसमा भएको छलफलमा आकाशदीप, गोकर्णेश्वर लाइट एकेडेमीलगायत शैक्षिक संस्थाका प्राचार्य/प्रधानाध्यापकको सहभागिता थियो । 

वाग्मती सुन्दरता सरोकार मञ्चका सबै वडाको अलग अलग बैठक राखी योजनालाई सफल पार्न लाग्ने अध्यक्ष पुडासैनीले बताए । मञ्चले गुह्येश्वरीमाथिको वाग्मती नदी किनारमा पर्ने काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका वडामा वडा समितिसमेत गठन गरेर सफाइमा परिचालन गर्दै आएको छ । 

सफाइ अभियान र चेतनामूलक कार्यक्रम समानान्तर रूपमा अघि बढाउने तयारी भइरहेको मञ्चले जनाएको छ । छलफलमा तीन नं प्रदेशको नामकरण सभ्यताको स्रोत वाग्मती नदीका नामबाट गरिएकामा खुसी व्यक्त गर्दै सफाइ अभियानमा प्रदेश सरकारको समेत साथ सहयोग माग गर्ने भएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x