नेप्सेमा “९.५५% मञ्जुश्री फाईनान्स लिमिटेड ऋणपत्र २०८५" सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार, चैत ३१ गतेका दिन मञ्जुश्री फाईनान्स लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलबार मञ्जुश्री फाईनान्स लिमिटेडको कुल ५ लाख इकाई बराबरको ऋणपत्र सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज मिति २०७७/१२/३१ का दिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड र मञ्जुश्री फाईनान्स लिमिटेड बीच “९.५५ % मञ्जुश्री फाईनान्स लिमिटेड ऋणपत्र २०८५" ऋणपत्रको क्रम संख्या १ देखि ५,००,००० सम्मको अंकित तथा चुक्ता मूल्य रु.१०००।- कायम भएको कुल ५,००,००० कित्ता बराबरको ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको जानकारी दिएको छ ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस कयापिटल लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी मार्फत् ५,००,००० कित्ता इकाई बराबरको डिबेन्चर सर्वसाधारणको लागि खुल्ला विक्री आव्हान गरेको जानकारी दिएको छ ।

मिति २०७७/१२/३१ मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र मञ्जुश्री फाईनान्स लिमिटेड कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार शुरु हुने नेप्सेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x