 
 ज्ञानमाण्डू। स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ७.१२ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले १ अर्ब १४ करोड ५३ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८० अर्ब ५४ करोड ७ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २९ करोड ३० लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ९ करोड ९० लाख ७२ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब २३ कराेड २२ लाख १७ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.२१ प्रतिशतले बढेर १ अर्ब ८३ करोड ७० लाख ३१ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.१७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ६३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ३ पैसा छ र मूल्य आम्दानी अनुपात १९.१३ गुणा छ ।
As on 29th Poush 2076 BS
| विवरण | दोस्रो त्रैमास २०७६       (रू हजारमा) | 
| चुक्ता पुँजी | रू ८,०१,१४,३१ | 
| निक्षेप संकलन | रू ८०,५४,०७,१७ | 
| कर्जा लगानी | रू ५४,२९,३०,५८ | 
| खुद ब्याज आम्दानी | रू १,८३,७०,३१ | 
| नाफा/(नाेक्सान) | रू १,२२,६९,१३ | 
| जगेडा कोष | रू ५,०९,९०,७२ | 
| संचित मुनाफा | रू १,२३,२२,१७ | 
| निष्कृय कर्जा   | ०.१७% | 
| प्रतिशेयर आम्दानी | ३० रुपैयाँ ६३ पैसा | 
| प्रतिशेयर नेटवर्थ | १७९ रुपैयाँ ०३ पैसा | 
| आम्दानी अनुपात | १९.१३ गुणा | 
 
         
             
     
    
 
     
     
     
                                                         
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            