व्यवसाय विस्तारमा आक्रमक देखिएको नेपाल लाइफ इन्स्याेरेन्सको बीमा शुल्क आर्जन १३ अर्ब ९१ करोड

ज्ञानमाण्डू। नेपाल लाइफ इन्स्याेरेन्सको नाफा २५.०९ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा कम्पनीले २८ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो भने अहिले ३५ करोड ९ लाख नाफा कमाएको देखिन्छ भने एक्चुरी मूल्याङ्कन पछि कम्पनीको नाफा बृद्धि हुने गरेको छ।

जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी ५ अर्ब ४९ कराेड ६१ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन ३२.८० प्रतिशतले वृद्धि भएर १० अर्ब ४७ करोड ५४ लाख ७६ हजार रुपैयाँबाट १३ अर्ब ९१ करोड १० लाख ६३ हजार रुपैयाँ पुगेकाे छ ।

कम्पनीको जीवन बीमा कोष ३६.७६ प्रतिशतले वृद्धि भएर ७७ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब ६१ कराेड ५५ लाख १४ हजार रुपैयाँ र महाविपत्ती कोषमा ४७ करोड ५७ लाख १० हजार रुपैयाँ रहेको छ ।

कम्पनीले बीमा लेख संख्या १२ लाख ९ हजारबाट बढाएर १२ लाख ५८ हजार पुर्याएको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई ९६ कराेड ३९ लाख ६५ हजार कमिसन प्रदान गरेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २४ पैसा छ र मूल्य आम्दानी अनुपात ७८.३१ गुणा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x